Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

कतारमा नेपाली खानासहितको ‘नमस्ते एसिया रेस्टुरन्ट’ थपियो


नया सडक

२०८१, भदौ २८ शुक्रबार

  • 408
    Shares

  • कतारमा नेपाली खानासहितको ‘नमस्ते एसिया रेस्टुरन्ट’ थपियो

    दोहा कतार । कतारमा नेपालीहरूले नेपाली खानासहितको नमस्ते एसिया रेस्टुरन्टको उद्घाटन गरिएको छ ।वैदेशिक रोजगारीका लागि आकर्षक कर्मभूमि  मानिएको मध्यपूर्वको देश कतारमा रोजगारीसँगै व्यवसाय गर्ने नेपालीहरुको संख्या बढिरहेको क्रममा यो रेस्टुरन्टको उद्घाटन गरिएको हो ।

    विभिन्न व्यवसाय मध्ये होटेल व्यवसायी पनि बढिरहेका छन । होटल व्यवसायमा पुराना तथा अनुभवी चितवनका श्याम पान्डे र सुदुरपश्चिम कैलालीका भुवन रोकायले मिलेर नयॉ ‘नमस्ते एसिया रेष्टुरेन्ट’ संचालनमा ल्याएका छन । सल्वा रोडमा रहेको बीएमडब्लू सोरुमको पारीपट्टी रहेको अल नाईफ सुक भित्र उक्त रेष्टुरेन्टको बुधबार सॉझ उद्घाटन गरिएको  छ । उक्त रेष्टुरेन्टका स्पोन्सर (संरक्षकत्व प्रदान गर्ने व्यक्ति कफिल) ले रिबन काटेर उद्घाटन गरेका हुन ।

    katar hotel1.jpeg

    नेपालीहरुको बाक्लो बस्ती रहेको सनैया क्षेत्रको नजिक रहेको उक्त रेष्टुरेन्टमा अनुकूल मिल्नेहरूलाई होटलसम्म पुगेर एक पटक नेपाली स्वाद चाख्न अनुरोध गर्दै कफिलले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । नेपाली स्वादमा विभिन्न परिकारका खाना सुलभ मूल्यमा उपलब्ध रहेको संचालक पान्डेले नयाँ सडकसँगको कुराकानीमा बताए । उनले कतारका नेपाली रेष्टुरेन्टहरुमा आफ्नै लामो अनुभव रहेको हुँदा सुलभ मुल्यमा खाना खुवाउन नमस्ते एसिया रेष्टुरेन्ट तयार रहेको बताए । सफा र स्वच्छ खाना खुवाउने प्रतिबद्धता व्यक्त गर्दै अर्का संचालक रोकायले ग्राहकको चाहाना तथा सुझावलाई शिरोपर गर्दै परिमार्जित हँुदै जाने बताए । कतारमा रहेका पत्रकार, व्यवसायीसहित दर्जनौ व्यक्तिहरुको उपस्थितिबीच  होटलको शुभारम्भ गरिएको  हो । होटेलमा संघसंस्थाका बैठक तथा जन्मदिन लगायतका विभिन्न कार्यक्रमको आयोजना गर्नका लागि आकर्षक हलको समेत व्यवस्था गरिएको छ । वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायिक सिलसिलामा करिब साढे तीन लाख नेपाली कतारमा कार्यरत रहेका छन ।

    प्रतिक्रिया दिनुहोस