Logo

Jun 30 2025 | २०८२, असार १६गते

Jun 30 2025 | २०८२, असार १६गते

images

साढे अठ्ठाइस हजार मेगावाट उत्पादन गर्न चाहिने ४६ खर्बको लगानी ल्याउन वातावरण आवश्यक भएको विज्ञहरूको बुझाइ

साढे अठ्ठाइस हजार मेगावाट उत्पादन गर्न चाहिने ४६ खर्बको लगानी ल्याउन वातावरण आवश्यक भएको विज्ञहरूको बुझाइ

  • काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्ने अवसर नै अवसर भएको बताएका छन् ।अध्यक्ष कार्कीले दुई दिने ‘नेपाल इन्फ्रास्ट्रक्चर समिट’ को दोस्रो दिन ऊर्जा र जलस्रोत विषयको विषयमा छलफल गर्दै   ऊर्जा क्षेत्रमा आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्ममा लगानीका लागि  अवसर नै अवसर भएको बताएका हुन् ।

    २८ हजार ५०० मेगावाट उत्पादन गर्दा ४६ खर्ब रुपैयाँ लगानी चाहिने बताउँदै उनले यसैअनुसार यससँग जोडिने अन्य व्यापार व्यवसायका लागि पनि धेरै ठूलो अवसर आउने बताए ।यसमा बैंक, इन्स्योरेन्स र रिइन्स्योरेन्सका लागि धेरै ठूलो लगानीको अवसर हुनुका साथै सप्लायर्स, डिजाइनर, कन्सल्ट्यान्ट लगायतलाई पनि त्यतिकै ठूलो अवसर रहेको अध्यक्ष कार्कीले बताए ।तर यसका लागि नेपालमा ऊर्जा पूर्वाधारको विकासका लागि सरकारले नीतिगत परिवर्तन गर्नु अत्यावश्यक रहेको उनले सुझाउ दिए ।

    अहिले १४ मन्त्रालय र ४० भन्दा बढी विभागमा पुग  एउटा आयोजना पूरा गर्न सकिने बाध्यात्मक स्थिति हटाइ २८ हजार मेगावाट उत्पादनको सपना पूरा गर्न एकद्वार प्रणालीबाट काम हुने वातावरण आवश्यक रहेको उनले जनाए ।कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नियामकीय ढाँचामार्फत निजी क्षेत्रलाई सहजीकरण गर्ने सरकारको नीति रहेको बताए ।

    नेपालमा विदेशी लगानीमा २१६ मेगावाटको आयोजना निर्माण गरिरहेको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत योङजिङ होङले नेपालमा आयोजना निर्माणका चुनौतीबारे बताएका थिए। एसियाली विकास बैंक (एडीबी) की ऊर्जा क्षेत्र अधिकृत सुजाता गुप्ताले नेपालको प्रसारणलाइन निर्माणमा एडीबीले ४० प्रतिशत लगानी गरिसकेको र आगामी ५ वर्षभित्र ऊर्जा क्षेत्रमा थप १.५ अर्ब अमेरिकी डलर बराबर लगानी गर्ने योजना रहेको बताइन् ।

    कार्यक्रममा इप्पानका सल्लाहकार कुमार पाण्डेले नेपालमा आयोजना बनाउँदा प्रवर्द्धकले सामना गर्नुपर्ने चुनौतीहरूका बारेमा एक कार्यपत्र प्रस्तुत गरेका थिए । समिटमा केशवध्वज अधिकारीले नेपाल जलस्रोतमा धनी देश भएपनि ऊर्जा उत्पादन र उपभोगमा भने पछि परेको विवरणहरू समेटेर अर्को प्रस्तुत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij