Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

नेपाल इन्फ्रास्ट्रक्चर समिट ट्वेन्टी ट्वेन्टी फोरबाट आउने निष्कर्षलाई गम्भीररूपमा लिन पूर्व प्रधानमन्त्री प्रचण्डको सरकारलाई आग्रह

नेपाल इन्फ्रास्ट्रक्चर समिट ट्वेन्टी ट्वेन्टी फोरबाट आउने निष्कर्षलाई गम्भीररूपमा लिन पूर्व प्रधानमन्त्री प्रचण्डको सरकारलाई आग्रह

  • काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल उद्योग परिसंघ(सीएनआई)को आयोजनामा सम्पनन दुई दिने ‘नेपाल इन्फ्रास्ट्रक्चर समिट ट्वेन्टीट्वेन्टी फोर’बाट आउने निष्कर्षलाई सरकारले गम्भीररूपले ग्रहण गर्नुपर्ने बताएका छन् । 

    नेपाल उद्योग परिसंघ(सीएनआई)को आयोजनामा पूर्वाधार विकाससम्बन्धी दुई दिने  ‘नेपाल इन्फ्रास्ट्रक्चर समिट ट्वेन्टीट्वेन्टीफोर’ शुक्रबार सम्पन्न समारोहलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    आफ्नो नेतृत्वको १८ महिने सरकारको अवधिमा प्राइभेट क्षेत्रबाट सबै भन्दा बढी सल्लाह सुझाव सीएनआईबाट प्राप्त गरेको बताउँदै पूर्व प्रधानमन्त्री प्रचण्डले सीएनआईको यो दुई दिने समिटबाट प्राप्त निकष्कर्ष देश र सरकारका लागि योगदान दिने खालको हुने विश्वास व्यक्त गरे ।

    सरकारको एक महत्वपूर्ण बैठकमा जानु पर्ने भएकोले निर्धारित कार्यक्रम भन्दा पहिले सम्बोधन गरी प्रचण्ड समापन समारोहबाट निस्केका थिए ।समारोहमा सांसद तथा उद्यमी अगुवा विनोद चौधरीलगायतका व्यक्तिहरूको समापन सत्रमा सहभागिता रहेको थियो ।समापन समारोहको समापनको घोषणा सीएनआईका अध्यक्षले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij