Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

बंगलादेशमा पढ्ने मेडिकल विद्यार्थीहरूद्वारा सरकारको कूटनीतिक कौशल कमजोर भएको टिप्पणी

बंगलादेशमा पढ्ने मेडिकल विद्यार्थीहरूद्वारा सरकारको कूटनीतिक कौशल कमजोर भएको टिप्पणी

  • काठमाडौँ । सरकारको कूटनीतिक कौशलप्रति बंगलादेशमा एमबीबीएस पढ्ने विद्यार्थीहरूले प्रश्न उठाउँदै असन्तुष्टि व्यक्त गरेका छन् ।शिक्षा मन्त्रालयले सार्वजनिक गरेको बंगलादेशले पठाएको पत्रप्रति विद्यार्थीहरूले यस्तो असन्तुष्टि जनाएका हुन् । बंगलादेशमा एमबीबीएस गरिसकेका विद्यार्थीले नेपालमै इन्टर्नसिप पाउनुपर्ने माग गर्दै शिक्षा मन्त्रालयलाई आग्रह गरिरहेका विद्यार्थीहरूले  मन्त्रालयले सार्वजनिक गरेको पत्रप्रति असन्तुष्टि जनाएका छन् ।

    बंगलादेशमा तत्काल फर्किन सक्ने अवस्था नरहेकाले नेपालमै अभ्यास गर्न पाउनुपर्ने बताएपछि शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशमा रहेका विभिन्न शैक्षिक संस्थासँग जवाफ मागेको थियो । बंगलादेशस्थित दूतावासमार्फत् आएको पत्रमा विद्यार्थीलाई पढेकै शिक्षण संस्थामा मात्र अभ्यास गर्न जवाफ आएको पत्र शिक्षा मन्त्रालयले सार्वजनिक गरेको छ । सो पत्रप्रति विद्यार्थीहरूले असन्तुष्टि  जाहेर गरेका हुन् ।

    ‘बंगलादेशको मेडिकल काउन्सिलमा रजिस्टर्ड हुन विदेशी विद्यार्थीहरूले त्यहींस्थित अध्ययन गरेकै मेडिकल कलेजमा इन्टर्नसिप पुरा गर्नुपर्ने  भनिएको छ । उता रजिस्टर्ड गर्न नचाहेर आफ्नै देशको मेडिकल काउन्सिलमा रजिस्टर्ड भएर स्वदेशमै इन्टर्नसिप गर्न मिल्ने कि नमिल्ने ? प्रश्नको जवाफ नदेखिएपछि बंगलादेशमा मेडिकल पढ्ने विद्यार्थीहरू संगठनका अध्यक्ष डा. नविन यादवले देशको कूटनीतिक कौशलप्रति सवाल उठाएका हुन् । एक विज्ञप्ति जारी गरी नेपलिज मेडिकल स्टुडेन्ट असोसिएसन बंगलादेशका अध्यक्ष डा. यादवले  भारत  पाकिस्तानका विद्यार्थीहरू बंगलादेशमा पढ्दा आआफ्नो देशमा इन्टर्न गर्न पाउने नेपाली विद्यार्थीहरूले नपाउने भन्ने नहुने बताउँदै यसको समाधान खोज्न सरकारलाई चेतावनी दिएका छन् ।

    यस्तो अवस्थामा विद्यार्थी पढाइ छोडेर नबस्ने बताउँदै त्यहाँ कुनै घटना भइ विद्यार्थीलाई केही भयो भने आफूहरू चुप लागेर नबस्ने चेतावनी दिँदै अध्यक्ष यादवले आफ्नै देशको सरकारले विभेद गरेकोले  नेपाली विद्यार्थीहरू बाध्य भएर बंगलादेश फर्कनुपरेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij