काठमाडौं । आज फेरि अर्को नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ५७ हजार ३०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १९ सय १५ रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।