Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

लान्द्रुक मोदी जलविद्युत आयोजनामा ६ बैंकले १२ अर्ब २० करोड लगानी गर्ने


नया सडक

२०८१, भदौ ३१ सोमबार

  • 216
    Shares

  • लान्द्रुक मोदी जलविद्युत आयोजनामा ६ बैंकले १२ अर्ब २० करोड लगानी गर्ने

     


    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको मुख्य लगानीमा  निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । सो आयोजनामा माछापुछ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । 

    आयोजनामा माछापुछ्रेसहित ग्लोबल आइएमई, एभरेष्ट, एसबीआई, कृषि विकास बैंक र लुम्बीनी विकास बैंक समेतको लगानी रहनेछ । आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुछ्रे बैंकको तर्फबाट बिनित कुमार झा ले लगानी सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

    १६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रो सहित प्रबर्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरुले व्यवस्थापन गर्ने सिंगटी हाइड्रोले जनाएको छ ।  

    लान्द्रुक मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा रहेको छ । जलविद्युत विज्ञहरुका अनुसार यो आयोजना विश्वकै तेस्रो हाई हेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात सबैभन्दा धेरै उचाई भएको आयोजना हो । 

     

    प्रतिक्रिया दिनुहोस