Logo

Oct 16 2024 | २०८१, असोज ३०गते

images

त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा घपला, चेकजाँच बिना नै मालवस्तु बाहिरियो, पाँच जना पक्राउ पछि धरौटीमा रिहा, अब के हुन्छ ?


नया सडक

२०८१, असोज १ मंगलबार

  • 1.5k
    Shares

  • त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा घपला, चेकजाँच बिना नै मालवस्तु बाहिरियो, पाँच जना पक्राउ पछि धरौटीमा रिहा, अब के हुन्छ ?

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा घपला भएको छ । भन्सार कार्यालयको गोदामबाट बिना चेकजाँच मालवस्तु बाहिरिएपछि घपला भएको थाहा भएको हो ।
    भन्सारको गोदाम भित्रबाट एक पार्टीको १ सय १६ पोका रेडिमेड गार्मेन्ट तथा अन्यवस्तु मध्ये १०–११ पोका मालवस्तु बिना भन्सार चेकजाँच बाहिरिएपछि भन्सारमा हंगामा मच्चिएको थियो ।
    हंगामा मच्चिएपछि सामान पुनः भन्सारमा लगिएको छ । उक्त घपलामा संलग्न पाँच जनालाई पक्राउ पछि धरौटीमा छाडिएको समाचार स्रोतले बताएको छ । भन्सार विभागले घपलाको अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकेको छ ।

    यता त्रिवि विमानस्थल भन्सार कार्यालयले घपलाको गहिरो अनुसन्धान गरिरहेको छ । घपलामा संलग्न व्यक्ति र पार्टीलाई कडा कारबाही गरिने भन्सार विभागले बताएको छ । गत हप्ता भएको उक्त घपलामा प्रयोग भएको गाडी तथा मालवस्तु सिज गर्ने प्रक्रियामा त्रिवि विमानस्थल भन्सार कार्यालयको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस