काठमाडौं । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२१ प्रतिशत नगद गरी जम्मा ८.४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ४ गते साधारण सभा पनि बोलाएको छ । सभा कार्की ब्यांकेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव पेश गर्नेछ ।