Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

नेपाल राष्ट्र बैंक–भारतीय रिजर्व बैंकको समन्वय संयन्त्र प्रभावकारी : गभर्नर पौडेल

नेपाल राष्ट्र बैंक–भारतीय रिजर्व बैंकको समन्वय संयन्त्र प्रभावकारी : गभर्नर पौडेल

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा समाधानका लागि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंक  बीचको संयुक्त समन्वय संयन्त्र  प्रभावकारी रूपमा कार्यरत रहेको बताएका छन्।

    जेटीसीसीको नवौं बैठकलाई सम्बोधन गर्दै गभर्नर पौडेलले मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, नियमन, सुपरिवेक्षण र भुक्तानी प्रणालीमा उत्कृष्ट अभ्यासको आदानप्रदानका साथै प्राविधिक क्षमता अभिवृद्धि र नीति तर्जुमाको प्रभावकारिता बढाउन यस संयन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

    उनका अनुसार आगामी दिनमा यो मञ्चमार्फत दुवै केन्द्रीय बैंकबीचको संस्थागत सम्बन्ध र प्राविधिक सहयोगको आदानप्रदान अझ सुदृढ र सघन हुँदै जाने विश्वास गरिएको छ।

    त्यस्तै, भारतीय रिजर्व बैंकका कार्यकारी निर्देशक तथा जेटीसीसी संयोजक अर्णवकुमार चौधरीले संयन्त्र स्थापना भएयता मुद्रा व्यवस्थापन, वैदेशिक व्यापार र भुक्तानी कारोबार सहजीकरण लगायत वित्तीय समावेशीकरण प्रवर्द्धनका अभ्यासहरू सफलतापूर्वक कार्यान्वयनमा आएको उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij