Logo

Jul 13 2025 | २०८२, असार २९गते

Jul 13 2025 | २०८२, असार २९गते

images

इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न

इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न

  •  

    भक्तपुर । इन्द्र जात्राको अवसरमा आज पूर्णिमाका दिन साँझ बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराएर भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृह भित्र्याएर जात्रा सम्पन्न गरिएको छ । 

     

    इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित देवतालाई हिजो साँझ इन्द्र दहमा पु(याएर रातभर दिपावली गरी आज बिहानदेखि दिनभर इन्द्र दहमा स्नान गर्ने र इन्द्रको पुजा गर्दै मेला भरेर देवतालाई भक्तपुर परिक्रमा गराउँदै साँझ देवगृह भित्र्याए पछि जात्रा सम्पन्न भएको हो । 

     

    नेपाल सम्बत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको किंवदन्ती छ । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास रहेकाले यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बाल्ने प्रचलन रहेको संस्कृति एवं इतिहासविद प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

     

    कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोर्वधन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झना स्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको उहाँले बताउनुभयो । राजतन्त्रको पराजय र जनताको विजयीको रुपमा यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ ।

     

    इन्द्र दहमा स्नान गरी समय् अर्थात भोज चढाएर, भोज खाएर यँयापुन्ही मान्ने गर्दछन् । समय अर्थात छ्वय्ला, सारां ९कर्कलोको अचार०, भिजाएको केराउ, काँक्रो लगायतका परिकार विशेष रूपले खाने र साँझ इन्द्रायणीलाई पुनः रथमा विराजमान गराई देवगृह पु(याइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij