काठमाडौँ । प्रहरीले भन्सार छलेर रुपन्देही ल्याइएका ३१ थान आइफोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनबाट ती मोबाइल बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी इन्द्र रानाले बरामद गरिएका मोबाइलहरूको अनुमानित मूल्य करिब १६ लाख ६५ हजार रुपैयाँ बराबर रहेको जानकारी दिएका हुन् ।
प्रहरीका अनुसार प्रहरी टोली देखेपछि मोबाइल बोकेका व्यक्तिहरू सडकमा झोला फ्याँकेर भागेका थिए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij