Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

राजस्व अनुसन्धान विभागमा उपसचिव, अधिकृत र नासुहरूको सरुवा, विभागको पथलैया, बुटवल, इटहरी र कोहलपुरका कार्यालय प्रमुखहरू फेरिए


नया सडक

२०८१, असोज ६ आइतबार

  • 987
    Shares

  • राजस्व अनुसन्धान विभागमा उपसचिव, अधिकृत र नासुहरूको सरुवा, विभागको पथलैया, बुटवल, इटहरी र कोहलपुरका कार्यालय प्रमुखहरू फेरिए

    काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको  राजस्व अनुसन्धान विभागमा उपसचिव ,अधिकृत र नासुहरूको सरुवा भएको छ । राजस्व अनुसन्धान विभाग अन्तर्गतका चारवटै कार्यालयहरूका कार्यालय प्रमुखहरूको समेत सरुवा गरिएको छ ।समाचार स्रोतका अनुसार राजस्व अनुसन्धान विभागको पथलैया कार्यालयमा हरिप्रसाद शर्मालाई पठाइएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सहायक सीडीओ रहेका शर्मालाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा कार्यालय प्रमुखको रूपमा पठाइएको हो ।यस्तै राजस्व अनुसन्धान कार्यालय पथलैयामा कार्यरत कार्यालय प्रमुख  बैकुण्ठप्रसाद  सापकोटालाई सामान्य प्रशासन मन्त्रालय तानिएको छ ।

    यस्तै राजस्व अनुसन्धान कार्यालय बुटवलमा कार्यरत कार्यालय प्रमुख पशुपतिबाबु पुरीको सरुवा गरिएको छ । उनको ठाउँमा विवेक घिमिरेलाई पठाइएको छ । पुरीलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको हो । यसैगरी राजस्व अनुसन्धान विभागको इटहरी कार्यालयमा उत्तम कुमार घिमिरेलाई पठाइएको छ ।यता राजस्व अनुसन्धान कार्यालय कोहलपुरको कार्यालय प्रमुखमा उमेश रिमाललाई पठाइएको छ ।

    राजस्व अनुसन्धान विभागको अनुसन्धान शाखा नम्बर ४मा निर्देशक रहेका टेकबहादुर अर्यालको अवकाश भएको छ ।यता राजस्व अनुसन्धान विभागको अनुसन्धान शाखा नम्बर २मा निर्देशक रहेका शशिकुमार लम्सालको सरुवा भएको छ । उनलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ । यता राजस्व अनुसन्धान विभागको योजना अनुगमन शाखाका निर्देशक रामकृष्ण श्रेष्ठको पनि सरुवा भएको छ । उनी उद्योग मन्त्रालयमा गएका छन् ।  यस्तै शाखा अधिकृत खिमप्रसाद आर्याल, राजनकुमार श्रेष्ठ, प्रमोद दास, नासु प्रेमप्रसाद सेढाइ, पुष्कर मानन्धर र रामबहादुर बिकको पनि सरुवा भएको छ । उनीहरूको अर्थमन्त्रालयमा सरुवा भएको हो ।

    राजस्व अनुसन्धान विभागमा आउने उपसचिवहरूमा राजकुमार खतिवडा, उपसचिव प्रकाश पोखरेल र उपसचिव मनिराम पौडेल रहेका छन् । यस्तै  विभागमा कर अधिकृत तिलक थापा , कर अधिकृत विनोद कुमार माझी, भन्सार अधिकृत बालकृष्ण दाहाल, कर अधिकृत चन्द्र दाहाल, कर अधिकृत रमेश ओझा, कर अधिकृत कृष्ण न्यौपाने , भन्सार अधिकृत नकुल शर्मा र भन्सार अधिकृत जितबहादुर सुनुवार रहेका छन् ।

    यता विभाग आउने नासुहरूमा शुक्र दर्शन ढुंगाना, भूवन राजघिमिरे, मदनराज जैसी, लोकेन्द्र बहादुर बम , इन्दुशर्मा पौडेल, दिपेन्द्र भण्डारी र पहल केसी रहेका छन्  भने राजकुमार रुपाखेती र जगदीश अर्यालय पनि विभाग आउने भाग्यमानीमा परेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस