Logo

Oct 17 2025 | २०८२, असोज ३१गते

Oct 17 2025 | २०८२, असोज ३१गते

images

शुक्रबार सुनको मूल्यमा २ लाख ५८ हजार रुपैयाँ  सहित नयाँ रेकर्ड कायम

शुक्रबार सुनको मूल्यमा २ लाख ५८ हजार रुपैयाँ  सहित नयाँ रेकर्ड कायम

  •  काठमाडौँ । शुक्रबार सुनको मूल्यमा ७ हजार १०० रुपैयाँको वृद्धि भई २ लाख ५८ हजार रुपैयाँ  कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ कायम भएको हो ।  जुन हालसम्मकै उच्च मूल्य हो । बिहीबार सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार प्रतितोला चाँदी ३ हजार २७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij