Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

होटल संघ नेपालद्वारा पोखरामा योगा महोत्सव २०२४ आयोजना हुँदै

होटल संघ नेपालद्वारा पोखरामा योगा महोत्सव २०२४ आयोजना हुँदै

  • काठमाडौँ । होटल संघ नेपालले पर्यटन प्रवर्द्धनका लागि आध्यात्मिक पर्यटनलाई बढावा दिन अक्टोबरमा चार दिने योगा महोत्सवको आयोजना गर्न लागेको छ ।पर्यटन प्रबर्द्धनका लागि विभिन्न क्रियाकलापहरु मध्ये आध्यात्मिक पर्यटनमार्फत मुलुकलाई अघि बढाउने उद्देश्यले २०२४ अक्टोबर १६ देखि १९ सम्म चारदिने योगा महोत्सव आयोजना गरिएको होटल संघ नेपालले जनाएको हो । 

    महोत्सव पोखरास्थित पूर्ण योगा रिट्रिट सेन्टरमा हुन गइरहेको छ । सो महोत्सव नेपाल योगा महोत्सवसँगको सहकार्यमा हुने भएको हो ।उक्त महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त योगा विज्ञहरुको जमघट हुने जनाउँदै योग विज्ञहरूबाट विभिन्न विधामा योग कक्षाहरु पनि सञ्चालन गरिने जनाइएको छ । हिमालको काखमुनि आयोजित उक्त महोत्सवमा सहभागीहरुले भरपूर आनन्द दिने पनि जनाइएको छ ।

    यस महोत्सवको उत्कृष्ट पक्षहरु भनेको विश्वस्तरीय प्रस्तुतकर्ताहरुमा गुरु श्री अन्तरयोगी चैतन्य केन्द्र प्रकाश थापा ग्रामी नोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वलरत्न वज्राचार्य जस्ता विशेषज्ञहरुबाट योग ध्यानको कार्यशालाहरुको आयोजना गरिएको जनाइएको छ । होटल संघले जनाए अनुसार ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत हुने सो कार्यक्रमले मुलुकको दिगो पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

    यस महोत्सवबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकको पर्यटनलाई अझ बढी टेवा पुग्ने हुँदा कार्यक्रमको आयोजना गर्न आफूहरू उत्साहित रहेको पनि होटल संघ नेपालका महासचिव साजन शाक्यले जनाएका छन् ।कार्यक्रममा सहभागिताका लागि नेपालीलाई दिनको रु. ३००० र विदेशीलाई रु. ६,५०० बुझाई टिकट प्राप्त गर्न सकिने छ भने महोत्सव अवधिभरका लागि प्याकेजको पनि व्यवस्था गरिएको छ। यस महोत्सवको ट्राभल पार्टनर यती यरलाइन्स रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij