Logo

Apr 11 2025 | २०८१, चैत २९गते

Apr 11 2025 | २०८१, चैत २९गते

images

बेलायतका २० रेलवे स्टेशनहरूमा साइबर आक्रमण, आतंककारी आक्रमण हुन सक्ने आशंका

बेलायतका २० रेलवे स्टेशनहरूमा साइबर आक्रमण, आतंककारी आक्रमण हुन सक्ने आशंका

  • काठमाडौँ । बेलायतका २० रेलवे स्टेशनहरूमा साइबर आक्रमण भएको छ ।साइबर आक्रमणकारीहरूले बेलायतका २० रेलवे स्टेशनहरूमा अवरोध सिर्जना गरेका हुन्।

    नेटवर्क रेलले लन्डन ईस्टन, म्यानचेस्टर पिकाडिली, लिभरपुल लाइम स्ट्रीट र बर्मिंघम न्यू स्ट्रिट लगायत स्टेशनहरूमा वाइफाइ प्रणालीहरू साइबर आक्रमणबाट प्रभावित भएको पुष्टि गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

    मानिसहरूले स्टेशनहरूमा वाइफाइमा लग इन गरेको र युरोपमा आतंककारी आक्रमणहरू बारे स्क्रिनमा भेटिएको रिपोर्ट गरिएको समाचारमा जनाइएको छ । बेलायती प्रहरीले यसको अनुसन्धान गरिरहेको छ ।

    नेटवर्क रेलका प्रवक्ताले यसबारे ठोस केही भन्न सकिने जनाएका छन् । त्यहाँ वाईफाई सेवा उपलब्ध गराउने ट्यालेन्टले पनि यसबार अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij