Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

अविरल वर्षाको सडक बाधाले टिकट महँगो हुने , गरिखानेका लागि दशाको दशैँ  पक्का  हुने भो


नया सडक

२०८१, असोज १३ आइतबार

  • 570
    Shares

  • अविरल वर्षाको सडक बाधाले टिकट महँगो हुने , गरिखानेका लागि दशाको दशैँ  पक्का  हुने भो

    काठमाडौँ । अभावको विस्तार र संकुचन नै मौजुदा अर्थतन्त्रको विस्तार र संकुचन हो । यसको सन्तुलन नै अर्थतन्त्रको चक्रलाई सन्तुलनमा राख्छ ।शुक्रबार र शनिबारको अविरल भारी वर्षाले यो पटक दशैँ तिहारलाई प्रभावित पार्ने भएको छ । दशैँमा घरपरिवारसँग सहजढंगबाट भेटर खुशियाली साट्नेहरूका लागि महँगोको चपेटामा पार्ने भएको छ । 

    भारी वर्षाले काठमाडौँ उपत्यका आउने बाटोहरूमा बाधा उत्पन्न गराएको छ भने शुक्रबार र शनिबारको अविरल वर्षाले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट निर्धारित सबै आन्तरिक र बाह्य उडान सेवा गरी ४ सय बढी उडान रद्ध हुन पुगे । शनिबार रातिदेखि सुरु भएका उडान सेवाले निर्धारित सेवाहरूलाई प्रभावित पारिसकेको छ । हवाई सेवाबाट जान आउनेहरूको रिसिड्युल भएपनि हुने नियमित सिड्युल त्यसै पनि दुई दिन ढिला भइसकेको छ । यसबाट सिर्जित माग आपूर्तिका कारण कतिपयलाई हवाइ टिकट महँगो किन्नुपर्ने आवश्यकता आइपर्न सक्छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गर्छन् । शनिबार रातिबाट विमानस्थल सञ्चालनमा आएपनि काठमाडौँ भित्रिने क्रममा रहेका गाडीहरु भने बीचबाटोमै अलपत्र हुन पुगेका छन् ।पश्चिमतर्फबाट काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाको अवस्था सर्वाधिक  खराब अवस्थामा पुगेको जनाइएको छ । झ्याप्ले खोलानेर ठूलो पहिरो झर्दा केही गाडीहरू पुरिएकोले त्यहाँकोे पहिरो पन्छाउने काम सकिइसकिएको छैन् ।

    मध्यपूर्वी नेपालको महत्वपूर्ण प्रवेशद्वारा काठमाडौँ सिन्धुली बर्दिवास सडक खण्डको अवस्था पनि असहज छ । त्यसैले सवारी साधनको आवागमन निर्बाध छैन् ।  अर्कोतर्फ कतिपय यातायात सेवाले दशैँ तिहारको अवसारमा बिहान पुगेर फेरि निरन्तर गाडी गुडाएर बेलुका काठमाडौँमा यात्रु टिपेर लाने गरेको अवस्था विगतमा हुन्थ्यो । यसबाट यात्रुहरूको चापलाई घटाउँथ्योँ । तर यसपाली यस्तो सम्भावना कम देखिएको एक निजी टिकट बिक्रेताले बताए । उनका अनुसार यसका कारण टिकट महँगो  देखिन्छ । सडक यातायातबाट जानेहरूलाई टिकट नभेटे हवाई सेवामा जाने र हवाई सेवामा जानेहरूलाई टिकट महँगो भए यातायात सेवा तर्फ जाने माग र आपूर्तिको सिद्धान्तबाट प्रभावित हुन गई जानेछ । यसबाट टिकटको मूल्यमा वृद्धि हुनेछ । टिकट मात्रै  होइन मालवस्तुको आपूर्तिमा हुने ढिलाईले समग्र बजारमा महँगी ल्याउने छ । हुनेलाई त ठिकै  नहुनेलाई दशाको दशैँ पक्का ।

    प्रतिक्रिया दिनुहोस