Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

भौतिक संरचना पुनर्निर्माण कोषमा साढे सात करोड बढी संकलन

भौतिक संरचना पुनर्निर्माण कोषमा साढे सात करोड बढी संकलन

  • काठमाडौँ । जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गर्न साढे करोड बढी संकलन भएको छ । जेनजी क्षतिबाट भएका संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको हो  ।

    अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा  आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण समितिको बैठक सोमबार बस्यो । बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय गरेको सम्बद्ध स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij