काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले लामो समयपछि सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियालाई अघि बढाएको छ । बोर्डले पछिल्लो समय एनएलजी इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासनको लागि अनुमति दिँदै निष्कासन स्वीकृति प्रक्रिया अघि बढाएको हो ।
यसअघि गत असार १९ गते आँखुखोला जलविद्युत कम्पनीलाई हकप्रद शेयर निष्कासनको लागि स्वीकृति दिएपछि कुनै पनि कम्पनीले सार्वजनिक निष्कासनका लागि अनुमति पाएका थिएनन् ।बोर्डबाट स्वीकृति नहुँदै २०८० फागुन ३ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँको आधारमा ५ दशमलव ५० प्रतिशत बोनस शेयर पारित भई उक्त बोनस शेयर वितरणपछि १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ चुक्तापूँजी कायम भएको छ ।
भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पूर्व निर्णय पुनारावलोकन गरी हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीको निर्णय बमोजिम नै बोर्डले हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको नियमन विभाग प्रमुख श्रेष्ठले प्रष्ट पारेका छन् ।