Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

निरन्तरको वर्षापछि आएको बाढी पहिरो र डुबानले कपडा व्यवसायीहरू तनावमा,  कपडा उद्योग र गोदामहरू डुबे, समस्यामा कपडा उद्योगी /व्यवसायीहरू


नया सडक

२०८१, असोज १४ सोमबार

  • 1.6k
    Shares

  • निरन्तरको वर्षापछि आएको बाढी पहिरो र डुबानले कपडा व्यवसायीहरू तनावमा,  कपडा उद्योग र गोदामहरू डुबे, समस्यामा कपडा उद्योगी /व्यवसायीहरू

    काठमाडौँ । अविरल वर्षा पछि आएको बाढी पहिरो र डुबानले कपडा उद्योगी व्यवसायीहरू तनावमा परेका छन् ।यही असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण कपडा उद्योगी व्यवसायीहरू समस्यामा परेका हुन् ।हिन्दुहरूको महान चाड दशैँकै  मुखमा आएको विनासकारी अविरल वर्षाले उद्योग र गोदाम डुबाउँदा  उद्योगी /व्यवसायीहरू तनावमा परेका छन् ।

    मुख्यतःहिन्दुहरूको महान चाड दशैँमा कपडा अत्यधिक बिक्री हुने गर्दछ । दशैँमा  नयाँ कपडा लगाउने विगत लामो समयदेखिको परम्परा र संस्कृति भएका कारण दशैँमा अरु समयको तुलनामा बढी कपडाको बिक्री हुने गर्दछ । कपडाका उद्योगी व्यवसायीहरूले वर्षभरि उधारो दिने र दशैँमा पैसा उठाउने चलन पनि विगत देखि चल्दै आएको छ । निरन्तर परेको वर्षाका कारण व्यवसायीहरू यसपटक उधारो पैसा उठाउन गाउँ गाउँमा जान नसक्ने अवस्थामा पुगेका छन् ।

    मुख्य कारोबार हुने सिजनमा  आएको वर्षाले बितण्डा मच्चाउँदा व्यवसायीहरू गाउँ गाउँबाट कपडा खरिद गर्न काठमाडौँमा आउन समेत सकेनन् । यसले पनि कपडाका थोक तथा खुद्रा व्यापारीहरू समस्यामा परेका छन् ।वर्षाका कारण काठमाडौँका सबै लाइफ लाइनहरू बन्द हुँदा काठमाडौँबाट कपडाहरू बाहिर जान सकेनन् भने काठमाडौँ उपत्यका बाहिरबाट समेत कपडाहरू काठमाडौँ उपत्यकामा आउन सकेनन् ।

    निरन्तर परेको वर्षाका कारण खोला छेउ र आसपासमा रहेका ठुला ठुला कपडाका गोदामहरू डुबानमा परेका छन् । उपत्यका बाहिरबाट कपडा व्यापारीहरू काठमाडौँ आउन नसक्दा होलसेलको कारोबार गर्ने कपडा व्यापारीहरू संकटमा परेका छन् । दशैँमा व्यापार होला कि भनेर आसमा बसेका व्यवसायीहरू निराश भएको नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्र प्रधानले नयाँ सडकसँगको कुराकानीमा बताए ।उनले यस वर्ष नेपाली कपडा उद्योगबाट उत्पादित कपडाको व्यापार निक्कै घटेको  गुनासो गरे । उनले सरकारले दैविक प्रकोपबाट सृजित समस्यामा परेका कपडा उद्योगी व्यवसायीहरूलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिनुपर्ने पनि बताए । अध्यक्ष प्रधानले सबै भन्दा बढी तहगतरूपमा रोजगार सिर्जना गर्ने नेपाली कपडा उद्योगहरू एकपछि अर्को गर्दै समस्यामा परेकोले यसको संरक्षणका लागि राज्यले विशेष सबसिडीसहितका प्याकेज नेपाली कपडा उद्योग बचाउनका लागि ल्याउनुपर्ने बताए ।

    नेपाल कपडा उद्योग संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रकुमार लोहियाले साँच्चि नै नेपाली कपडा उद्योगहरू धराशायी भएको बताउँदै राज्यले सीमाबाट हुने कपडाको चोरी तस्करी नियन्त्रण र नेपाली कपडा उद्योग बचाउनका लागि सबसिडीको व्यवस्था नगरे  अब नेपाली कपडा उद्योगहरू बाँच्न मुश्किल हुने बताए ।

    निरन्तरको वर्षापछि डुब्यो भक्तपुरको नेपो इन्डस्ट्रिज

    यही असोज १०,११ र १२ गते परेको अविरल वर्षाले नेपालकै सबै भन्दा ठुलो मध्येको नेपो इन्डस्ट्रिज प्रालि डुबेको छ । भक्तपुरको सल्लाघारीमा रहेको उद्योगमा झण्डै ६ फिट पानीले डुबाउँदा करिब १० करोड बराबरको क्षति भएको उद्योगले जनाएको छ । दशैँका लागि उत्पादित लाखौँ मिटर कपडा डुब्दा उद्योगलाई ठुलो नोक्सानी भएको छ । पूर्णरूपमा पानीले डुबाएको उद्योग पुनः पूर्णरूपमा सञ्चालन गर्न प्रयास भइरहेको र यसका लागि कम्तीमा १५ दिनको समय लाग्ने उद्योगले जनाएको छ ।

    डुब्यो विराटनगरको प्रगति टेक्सटाइल

    तीन दिनसम्म निरन्तर वर्षापछि आएको बाढीले विराटनगरमा रहेको प्रगति टेक्सटाइल इन्डस्ट्रिज डुबाएको छ । उद्योग भित्र बाढी पस्दा दशैँका लागि तयारी अवस्थामा उत्पादन गरी राखिएको कपडासमेत बाढीले डुबाएको छ । नेपालको ठुला मध्येको प्रगति टेक्सटाइल डुबाउँदा अहिले उद्योग ठप्प छ । उद्योग पूर्णरूपमा सञ्चालन हुन कम्तीमा पन्ध्र दिन लाग्ने उद्योगले जनाएको छ । बाढीले उद्योगलाई करोडौँ रुपैयाँको क्षति पु¥याएको छ ।नेपो र प्रगति टेक्सटाइलको अलावा भक्तपुर र ललितपुरमा सञ्चालित दर्जन भन्दा बढी साना ठुला कपडा उद्योगहरूलाई समेत क्षति पु¥याएको बताइएको छ । 

    दर्जन भन्दा बढी ठुला कपडा गोदाम  डुबानमा 

    खोला छेउ र आसपासमा रहेका दर्जन भन्दा बढी ठुला कपडा गोदामहरू बाढीले डुबाउँदा करोडौँ करोडको क्षति भएको छ । काठमाडौँको त्रिपुरेश्वर, कोटेश्वर आसपास , बालकुमारी, कालीमाटी कुलेश्वर , कलंकी, नयाँ बजार ÷बालाजु र भक्तपुर आसपासमा रहेका दर्जनौँ आयातित कपडाका  गोदामहरू डुबाउँदा करोडौँ करोडको क्षति भएको व्यवसायीहरूले बताएका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस