काठमाडौँ । आज नेप्से परिसूचकमा ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा आएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । फाइनान्स, उत्पादनमूलक र होटेल तथा पर्यटन समूहको वृद्धि राम्रो देखएिको छ ।यस दिन ३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन ३१९ कम्पनीको ९७ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सर्वोत्तम सिमेन्ट्स र शिवम् सिमेन्ट्स परेका छन् ।