Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

नेपाल ल्यूब आयल लिमिटेडको साधारण सभा असोज १८ गते , २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव


नया सडक

२०८१, असोज १६ बुधबार

  • 300
    Shares

  • नेपाल ल्यूब आयल लिमिटेडको साधारण सभा असोज १८ गते , २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

     


    काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले २५ प्रतिशत लाभांश वितरण गर्दैछ । यस कम्पनीले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्ने यस कम्पनीले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । 

    सभामा कम्पनीले लाभांश सहित प्रिमियममा एफपीओ पनि जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस