Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

नेपाली सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार


नया सडक

२०८१, असोज १७ बिहीबार

  • 345
    Shares

  • नेपाली सेनाको हेलिकप्टरबाट  गर्भवतीको  उद्धार

    बाजुरा, १७ असोजः जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आउनुभएकी एक किशोरीकोे हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उहाँलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो ।

    जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उहाँको उद्धार गरिएको हो । किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उहाँलाई उद्धार गरिएको हो । हाडनाताकरणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।(रासस)

    प्रतिक्रिया दिनुहोस