काठमाडौँ ।सिड इनर्जी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ ।
असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक ९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजेदेखि शुरु हुनेछ ।
उक्त सभामा कम्पनीको सार्वजनिक निष्कासन (आइपीओ)लाई निरन्तरता दिने विशेष प्रस्ताव पारित गरिनेछ ।