काठमाडौँ । साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा गिरावट देखा परेको छ।आइतबार दुई अंकले घटेको नेप्से परिसूचक सोमबार ५.८ बिन्दुले घटेर २५६०.२९ बिन्दुमा झरेको हो ।
सोमबार कारोबा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार २ सय ३६ रुपैया ३४ पैसा बराबर भएको नेप्सेले जनाएको छ । सो कुल कारोबारका लागि ८६ लाख ४७ हजार ८सय ८९ कित्ता शेयरको कारोबार भएको छ ।
आइतबार नेप्से सूचक ३०.०२ अंकले घटेर २५६६.०९ बिन्दुमा अंकमा बन्द भएको थियो । कारोबार ४ अर्ब ९० करोड ७६ लाख २४ हजार २ सय २८ रुपैयाँ ४० पैसा बराबर भएको थियो । १ करोड ६ लाख १९ हजार १ सय ८० कित्ता शेयरको खरिद बिक्री भएको थियो
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij