काठमाडौँ ।आज नेप्से परिसूचकमा ५६.०९ अंकले बढेर २६५३.५८ बिन्दुमा आएको छ । आज सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ । आज उत्पादनमूलक समूहमा वृद्धि भएको छ ।
यस दिन ३०८ कम्पनीको १ करोड ५० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६३ करोड ८३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा साहस ऊर्जा अग्रस्थानमा आएको छ । आज दोस्रोमा एनआरएन इन्फ्रास्टक्चर तथा डेभलपमेन्ट लिमिटेड र तेस्रोमा नेपाल फाइनान्स परेका छन् ।