Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले कब्जा गर्न खोजेकोमा विभिन्न संघ संस्थाकाहरूको आपत्ति


नया सडक

२०८१, असोज २९ मंगलबार

  • 804
    Shares

  • पशुपति गौशाला धर्मशाला   काठमाडौँ महानगरपालिकाले  कब्जा गर्न खोजेकोमा विभिन्न   संघ संस्थाकाहरूको आपत्ति

    काठमाडौँ । पशुपति गौशाला धर्मशाला  काठमाडौँ महानगरपालिकाले गुण्डागर्दी शैलीमा कब्जा गर्न खोजेकोमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले आपत्ति जनाएका छन् ।विगत ८४ वर्षदेखि  मारवाडी सेवा समिति र उसका भातृ संघसंस्थाहरूको समेत सहयोग सञ्चालन हँदै आएको पशुपति गौशाला धर्मशाला एकाएक काठमाडौँ महानगरपालिकाले कब्जा गर्न खोजेकोमा  संघसंस्थाहरूले आपत्ति जनाएका हुन् ।  

    पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालन मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको विरोध गर्दै उनीहरूले काठमाडौँमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।मंगलवार मारवाडी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरूका प्रतिनिधिहरूबीच आयोजित विमर्श कार्यक्रममा सहभागी प्रतिनिधिहरूले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण मारवाडी समुदाय माथि मात्रै नभएर यो हिन्दुहरूको आराध्य देव भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमि माथिको आक्रमण भएको सम्म बताए ।

    हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित सो कार्यक्रममा उनीहरुले विश्वभरबाट आउने हिन्दु श्रद्धालुहरूको बसोबास र भोजनको व्यवस्थापनसँगै गौशालामा गो पालन हुँदै गरेको र झन्डै एक सय जना मिर्गौला रोगी को निःशुल्क डाइलेसिस भइरहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानून तथा विभिन्न समयमा भएको सम्झौता विपरीत महानगरपालिकालाई सञ्चालनको जिम्मा दिएर कोषका सदस्य सचिवले भूमाफियाबाट ठुलो आर्थिक लाभ प्राप्त गरेको आरोप लगाए ।

    पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले पशुपति गौशाला धर्मशालामाथिको आक्रमण सामान्य कुरा नभएको र यसका पछाडि हिन्दु धर्ममा आस्था राख्ने माथि ठुलो षड्यन्त्रको एउटा सानो सुरुवात भएको बताए । पशुपति क्षेत्र विकास कोष पछिल्ला केही वर्षदेखि इसाई मिसनरीहरूको भर्ती केन्द्र बनेको बताउँदै  पूर्व प्रधानन्यायाधीश पराजुलीले  कोषको जग्गामा चर्च र मस्जिद चलाउन दिने तर हिन्दुहरूले गौशाला चलाउँदा अवरोध गर्ने कुरा सहन नसकिने बताए ।

    कार्यक्रममा उपस्थित पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले पनि कोषका अहिलेका पदाधिकारीहरूले मारवाडी सेवा समितिलाई अनाहकमा दुःख दिएको बताए । यदि मारवाडी सेवा समितिले चाहेको भए उनीहरूसँग कयौँ अवसर थिए, त्यो जग्गा आफ्नो नाममा गराउन सक्थे तर यो जग्गा मारवाडी सेवा समितिले आफ्नो नाममा कहिल्यै गराएको बताउँदै कोषका पूर्व कोषाध्यक्ष वैद्यले महानगरपालिकालाई जबरजस्ती यस विषयमा प्रवेश गराएर कोषले ठुलो गल्ती गरेको बताए ।
    कोषले संस्कृति मन्त्रालयको जग्गालाई महानगरपालिकाको जिम्मा लगाउनु नै गलत भएको वैद्यले बताए।

    कार्यक्रममा विश्व हिन्दु परिषद् नेपाल, विश्व हिन्दु महासंघ लगायत एक दर्जन संघ संस्थाका प्रतिनिधिहरू थिए । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका महासचिव देवेश झाले बाहिरबाट यो घटना सामान्य देखिएको भए पनि भित्रबाट ठुलै षड्यन्त्र भएको बताए । उनले कोषका सदस्य सचिव मिलन थापाको भूमिका शंकास्पद रहेको बताउँदै मेयर बालेनको धर्मशाला कब्जा गर्ने कार्यशैली गुन्डा नाइके जस्तै रहेको बताए। यस विषयमा उपस्थित संघ संस्थाका प्रतिनिधिहरूले मारवाडी सेवा समितिले नै धर्मशालाको सञ्चालन गर्न पाउने मागप्रति ऐक्यबद्धता जनाए । 

    प्रतिक्रिया दिनुहोस