Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

चालु आवको दुई महिनामा रेमिट्यान्स १५.२ प्रतिशतले बढ्यो


नया सडक

२०८१, असोज २९ मंगलबार

  • 672
    Shares

  • चालु आवको दुई महिनामा रेमिट्यान्स १५.२ प्रतिशतले बढ्यो

    काठमाडौँ । विप्रेषण (रेमिट्यान्स) आप्रवाह  गत दुई महिना साउन भदौमा १५.२ प्रतिशतले बढेको छ ।चालु आर्थिक वर्षको  पहिला दुई महिना साउन भदौको प्रतिवेदन सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो जनाएको हो ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ शीर्षकको प्रतिवेदन अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ ।यसैगरी आयात १.१ प्रतिशतले बढेको छ भने निर्यात ५.१ प्रतिशतले घटेको छ ।   विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढ्दा शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको बैंकले प्रतिवेदनमा जनाएको छ । 

    यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.२१ खर्ब ५२ अर्ब ५३ करोड र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.१खर्ब ३७ अर्ब ५५ करोड र राजस्व परिचालन रु.१खर्ब ६६ अर्ब ३९ करोड रहेको रिपोर्टमा उल्लेख छ । 

    विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति साढे २१ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्म कुल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशत बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।

    गत असारसम्म विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारसम्म १५ अर्ब २७ करोड रहेकोमा २ महिनामा ५.० प्रतिशत बढेर १६ अर्ब ४ करोड पुगेको छ ।

    विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस