Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असोज २९ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

नयाँसडक बुलेटिन : यस्ता छन् असोज २९ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज २९ मंगलबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    शेयर बजार : नेप्से परिसूचकमा ३१.४८अंकले बढेर २६९९.६६ बिन्दुमा, ३ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा ३१.४८अंकले बढेर २६९९.६६ बिन्दुमा आएको छ । । आज ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।
    यस दिन ३०७ कम्पनीको ६४ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

    धितोपत्र बोर्डले लिवर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न पायो अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले लिवर्टी इनर्जी कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १स्०।५० अनुपातमा ७५ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

    प्रि ओपन सेसन : नेप्से सूचक ०.०९ अंकले घट्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.०९ विन्दुले घटेको  छ । यससँगै सूचक २६६८.०८ विन्दुमा आएको छ । ६ लाख ५८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको १ हजार ३ सय १२ कित्ता सेयर कारोबार भएको छ । 

     

    ७ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ ।

    आज रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

    काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज असोज २९ गते मंगलबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज ३० गते बुक क्लोज गर्दैछ ।  आजसम्म कायम सेयरधनीले यस कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनका साथै साधारण सभामा सहभागि जनाउन सक्नेछन् । 

     

    यस कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५.७८ प्रतिशत लाभांश वितरण गर्दैछ । रु रुले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा  ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।

    मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री

    म्याग्दी ।  यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । 

     

    केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा ९च्यालुक० र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो । “मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु २८ हजारदेखि ३८ हजारका दरले च्याङग्रा बेचेका छन्”, उहाँले भन्नुभयो, “सरदर मूल्यअनुुसार रु १६ बराबरको च्याङग्रा बिक्री भएका छन् ।”

    यस्तो  छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । पछिल्लो तीन दिनयता अमेरिकी डलरस्थिर रहेको छ ।

     

    आइतबार पनि अमेरिकी डलरको मूल्य समान थियो । अमेरिकी डलर, जापानी येन, युएई दिराम र हङकङ डलरको मूल्यमा भने आइतबार र सोमबार कुनै परिवर्तन भएन अर्थात समान मूल्य रहेको छ ।

     

    युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५  रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।

    सुनको मूल्य तोलामा १४ सयले  बढ्यो , प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ

    काठमाडौं।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ ।
    आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १९ सय २५ रुपैयाँ कायम भएको छ ।

    उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’– रुस

    मस्को । क्रेमलिनले मङ्गलबार उत्तर कोरियासँगको आफ्नो रक्षा सम्झौताको अर्थ ‘स्पष्ट’ रहेको बताएको छ । 

     

    प्योङयाङले दक्षिण कोरियातर्फ जाने सडकहरू नष्ट गरेपछि तनाव बढेको बेला क्रेमलिनको उक्त टिप्पणी आएको हो । उत्तर कोरियाले मङ्गलबार अत्यन्त प्रतीकात्मक सडकहरूमा खण्डहरू नष्ट गरेको थियो । यसको जवाफमा सोलले ‘प्रति–आक्रमण’ अभियान सञ्चालन गरेको थियो । 

     

    जुन महिनामा रुस र उत्तर कोरियाबीच हस्ताक्षर गरिएको सम्झौताका बारेमा सोधिएको प्रश्नमा क्रेमलिनले शब्दावली ‘स्पष्ट पार्न आवश्यक छैन’ भनेको छ । उक्त सम्झौताले कुनै पनि मुलुकले आक्रमणको सामना गर्नुपरेमा ‘पारस्परिक सहायता’ प्रदान गर्ने व्यवस्था गरेको छ ।

    भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

    काठमाडौँ ।चालु आर्थिक वर्ष २०८१र८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत भदौ महिनामा रु दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो ।
     
           राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड थियो । गत साउन महिनामा रु एक खर्ब ३६ अर्ब ९३ करोड विप्रेषण भित्रिएको केन्द्रीय बैंकको तथ्याङ्क छ ।

    अदालतको फैसलाको पूर्ण पाठ नआउँदै पशुपति गौशाला धर्मशाला कब्जा गर्न खोज्दा मारवाडी समुदायको प्रतिरोध पछि तनाव , गौशालामा प्रहरी खटाइयो

    काठमाडौँ । पशुपतिनाथ गौशाला धर्मशाला सञ्चालनसम्बन्धी विवादका कारण त्यसक्षेत्रमा तनाव कायमै रहेको छ । पशुपति क्षेत्र विकास कोषसँग भएको सहमतिअनुसार काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशालाको व्यवस्थापन जिम्मेवारी लिएर त्यहाँ ८४ वर्षदेखि सेवा कार्य गर्दै आएको मारवाडी सेवा समितिलाई बलपूर्वक विस्थापन गर्न खोज्दा तनाव उत्पन्न भएको हो । 

     

    महानगरले धर्मशाला खाली गर्न उर्दी जारी गरिरहँदा मारवाडी सेवा समितिले भने मुद्दाको अन्तिम किनारा नलाग्दासम्म आफूहरूको न्यायिक अधिकार सुरक्षित हुनुपर्ने माग गरेको छ ।  काठमाडौँ महानगरपालिकाले बलपूर्वक पशुपति गौशाला धर्मशालाको नियन्त्रण लिन खोज्दा मारवाडी समुदायले प्रतिरोध गरेपछि तनाव उत्पन्न भयो ।

    ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बंैकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता

    काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बंैकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर सम्पत्र भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गर्नुभएको छ । 

     

    सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदि सुविधा महालक्ष्मी विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन । ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।

    सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना

    काठमाडौँ ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । 

     

    सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिनुभयो । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताउनुभयो ।

    विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान

    वासिङ्टन ।आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था “अपेक्षाभन्दा खराब“ हुन सक्ने चेतावनी दिँदै मङ्गलबार विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष एक सय ट्रिलियन डलर पुग्नसक्ने चेतावनी दिएको छ ।  

     

    वित्तीय नीति सम्बन्धि  पछिल्लो प्रतिवेदनमा, आइएमएफले यस वर्ष विश्वव्यापी सार्वजनिक ऋण कुल ग्राहयस्थ उत्पादन ९जीडीपी० को ९३ प्रतिशत र सन् २०३०  सम्ममा जीडीपीको १०० प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ । यो तथ्याङ्क कोभिड–१९ महामारी आउनु भन्दा पहिले को तुलनामा १० प्रतिशतले बढी हो  ।  

    विश्वव्यापी सार्वजनिक ऋण उच्च भएको आइएमएफको ुफिस्कल अफेयर्स डिपार्टमेन्टुका उप निर्देशक एरा डाब्ला–नोरिसले प्रतिवेदन प्रकाशन हुनुअघि पत्रकार समक्ष बताउनुभएको हो।

    एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

    मन्थली । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् । 

     

    रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान थालेका छन् । नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सीता एअरलाइन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएका हुन् ।

    सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

    अत्तरिया ।  धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो ।

     

    सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीनथरीका पाँच सय ४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमख कल्पना बिष्टले जानकारी दिनुभयो । डडेल्धुरास्थित गोदामबाट एक सय ५६ क्विन्टल, डोटीको सिलगढीस्थित गोदामबाट दुई सय २६ क्विन्टल, कैलालीको धनगढीस्थित बिक्री कक्षबाट एक सय सात क्विन्टल र धनगढीको मोहनपुर गोदामबाट ४९ क्विन्टल चामल बिक्री भएको उहाँले जानकारी दिनुभयो ।

    पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले कब्जा गर्न खोजेकोमा विभिन्न संघ संस्थाकाहरूको आपत्ति

    काठमाडौँ । पशुपति गौशाला धर्मशाला  काठमाडौँ महानगरपालिकाले गुण्डागर्दी शैलीमा कब्जा गर्न खोजेकोमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले आपत्ति जनाएका छन् ।विगत ८४ वर्षदेखि  मारवाडी सेवा समिति र उसका भातृ संघसंस्थाहरूको समेत सहयोग सञ्चालन हँदै आएको पशुपति गौशाला धर्मशाला एकाएक काठमाडौँ महानगरपालिकाले कब्जा गर्न खोजेकोमा  संघसंस्थाहरूले आपत्ति जनाएका हुन् ।  

     

    पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालन मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको विरोध गर्दै उनीहरूले काठमाडौँमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।मंगलवार मारवाडी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरूका प्रतिनिधिहरूबीच आयोजित विमर्श कार्यक्रममा सहभागी प्रतिनिधिहरूले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण मारवाडी समुदाय माथि मात्रै नभएर यो हिन्दुहरूको आराध्य देव भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमि माथिको आक्रमण भएको सम्म बताए ।

    खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी

    गलेश्वर । पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका – २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगँैचाले मनोहर छ ।

     

    करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ । यहाँ बसोबास गर्ने प्रत्येक परिवारले पाखोबारी,खरबारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिक रुपमा केराखेती गरेका स्थानीय कृषक नारायण सापकोटा बताउनुहुन्छ । गाउँभर केराखेती गरिएको छ । केरा बिक्री गरेर वार्षिक रु दुई करोड बढी रकम भित्रिने गरेको उहाँ बताउनुहुन्छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij