Logo

Sep 17 2025 | २०८२, असोज १गते

Sep 17 2025 | २०८२, असोज १गते

images

भिभोले दराजसँग दशैंको लागि सहकार्य गर्दै ल्यायो आकर्षक अफरहरू

भिभोले दराजसँग दशैंको लागि सहकार्य गर्दै ल्यायो आकर्षक अफरहरू

  • काठमाडौँ ।विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड भिभोले नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै, दशैं ९.९ क्याम्पेन सार्वजनिक गरेको छ, जुन आश्विन २ देखि १८ सम्म सञ्चालन हुनेछ । यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले विशेष छुट, एक्सक्लुसिभ डिल्स र भिभोको  नवीनतम स्मार्टफोनहरूको भरपूर लाभ लिन सक्नेछन्। 

    यस क्याम्पेन अन्तर्गत, ग्राहकहरूले भिभो स्मार्टफोनहरूमा रु. ७,००० सम्मको विशेष डिस्काउन्ट भौचर प्राप्त गर्न सक्नेछन् । साथै, भिभोले भर्खरै मात्र बजारमा लञ्च भएको आफ्नो दुई नयाँ मोडलहरू—भिभो भी६० र वाई२१डि—दराजमा आधिकारिक रूपमा उपलब्ध गराएको छ । यी दुबै स्मार्टफोनहरूले प्रिमियम डिजाइन, उन्नत फिचर र नयाँ पुस्ताको आवश्यकतालाई ध्यानमा राख्दै उत्कृष्ट प्रदर्शन उपलब्ध गराउँछन् ।

    यस अवसरमा, भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले भनेः “दशैं क्याम्पेनका लागि दराजसँगको हाम्रो सहकार्यले ग्राहकहरूको चाडपर्वलाई अझ विशेष बनाउन योगदान पु¥याउनेछ । आकर्षक अफरहरू, रोमाञ्चक पुरस्कारहरू, साथै हाम्रो फ्ल्यागशिप भिभो भी६० र युवालाई लक्षित भिभो वाई२१डिको उपलब्धतामार्फत हामीले यो दशैंलाई अझै स्मरणीय बनाउन चाहेका छौँ ।”

    यस सहकार्यमार्फत, भिभोले नेपालमा आफ्नो डिजिटल उपस्थितिलाई अझ मजबुत बनाउँदै, आकर्षक अफर र सहज सेवासहित ग्राहकहरूको पहुँचलाई अझ सजिलो बनाउने लक्ष्य लिएको छ । यस विजय दशमीमा, ग्राहकहरूले आफ्नो स्मार्टफोन अपग्रेड गर्दै भिभोको अत्याधुनिक प्रविधिसँग दशैंको खुसीयाली मनाउन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij