Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

छिट्टै आधा दर्जन बढी देशसँग श्रम सम्झौता टुंग्याउन प्रयास गर्दै सरकार


नया सडक

२०८१, असोज ३० बुधबार

  • 459
    Shares

  • छिट्टै आधा दर्जन बढी देशसँग श्रम सम्झौता टुंग्याउन प्रयास गर्दै सरकार

    काठमाडौँ । सरकारले तीन देशसँगको श्रम सम्झौताको मस्यौदालाई टुंंगो लगाएको छ  भने ६ देशसँग मस्यौदा आदान प्रदान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया, कतार र ओमानसँग  मस्यौदाको टुंगो लगाएको हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जानकारी सार्वजनिक गरे अनुसार अब तीन देशसँग हस्ताक्षर गर्न समय तय गर्न नेपाली दूतावासले सम्बन्धित देशसँग समन्वय गरिरहेको छ ।

    श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी, न्यायोचित र नैतिक बनाउनका लागि स्रोत देश र गन्तव्य देशले वहन गर्नुपर्ने विषयलाई समेटेर श्रम सम्झौतालाई प्राथमिकता दिइएको छ । अदक्ष कामदारको अवसर पाउन नेपाललाई भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ । मलेसिया र कतार नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको छ । मलेसियामा सबैभन्दा बढी चार लाख नेपाली कार्यरत छन् । कतारमा तीन लाख नेपाली रहेका छन् । मलेसियासँग गरिएको श्रम सम्झौता गत वर्षको कार्तिक १२ मा सकिएको थियो । श्रममन्त्री भण्डारीले जनाए अनुसार द्विपक्षीय समझदारीको आधारमा परिमार्जन गरिएको छ । गत आर्थिक वर्षमा मलेसियमा ८२ हजार नेपाली गएका थिए ।

    नेपालले सबैभन्दा पहिला कतारसँग २००५ मा श्रम सम्झौता गरेको थियो । बदलिएको श्रम व्यवस्था र आवासीय कानुनलाई समेटेर नयाँ श्रम सम्झौता गर्न दुई देश तयार भएका हुन् । गत जेठमा कतारी अमिर शेख तमिम बिन हमाद अलथानीको नेपाल भ्रमणको समयमा नै कतारसँग नया श्रम सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको  थियो । तर त्यतिखेर मस्यौदाका उल्लेखित प्राविधिक विषयहरू टुंगाउन बाँकी थियो । गत आर्थिक वर्ष कतारमा ४० हजार नेपाली गएका थिए ।

    ओमानसँगको श्रम सम्झौता पनि अन्तिम चरणमा पुगेको छ । ओमानमा २५ हजार नेपाली कार्यरत छन् । श्रम मन्त्रालयको अनुसार अर्को प्रमुख गन्तव्य मुलुक साउदी अरबसगको श्रम सम्झौताका मस्यौदा पनि करिब करिब टुंगिएको छ । गत माघको अन्तिम सातामा संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजित आबुधाबी डायलगको साइडलाइन बैठकमा श्रममन्त्री भण्डारी र साउदी समकक्षीबीच वार्तामा श्रम सम्झौतालाई एक महिनाभित्र टुंग्याउने गरी दुवै पक्षबीच छलफल भएको थियो ।गत आर्थिक वर्ष साउदी अरबमा ७३ हजार नेपाली गएका थिए ।श्रम मन्त्रालयले टर्की, लेबनान, कुवेत, स्पेन र ब्रुनाइबीचको प्रस्तावित श्रम मस्यौदा टुंगोमा पु¥याउन प्रयास गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस