Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिक परिवारले अब राहत १० लाख पाउने


नया सडक

२०८१, असोज ३० बुधबार

  • 585
    Shares

  • वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिक परिवारले अब राहत १० लाख पाउने

    काठमाडौँ । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिक परिवारले अब राहत १० लाख रुपैयाँ पाउने भएका छन् ।सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत बढाएर १० लाख रुपैयाँ पु¥याइएको हो ।

    यसअघि वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका श्रमिकका परिवारले ७ लाख पाउँदै आएकोमा असोज १८ गतेको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी सार्वजनिक गरे अनुसार  मृतक परिवारले पाउँदै आएको राहत बढाएर अब १० लाख दिइनेछ । वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरिएको हो ।

    २०८० साउनमा श्रममन्त्री शरदसिंह भण्डारीको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्डको २१ औ बैठकले राहत रकम वृद्धि गर्ने प्रस्ताव गरेको थियो ।नेपालबाट वार्षिक साढे सात लाख श्रमिकहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

     

     

     

    प्रतिक्रिया दिनुहोस