Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

उच्च अदालत पाटनद्वारा पशुपति गौशाला धर्मशाला विवादमा मारवाडी सेवा समितिको रिटमा अन्तरिम आदेश जारी

उच्च अदालत पाटनद्वारा पशुपति गौशाला धर्मशाला विवादमा मारवाडी सेवा समितिको रिटमा अन्तरिम आदेश जारी

  • काठमाडौँ । उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशालासम्बन्धी  विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।उच्च अदालत पाटनका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । मारवाडी सेवा समितिका तर्फबाट काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाइ दायर रिटमा यस्तो अन्तरिम आदेश भएको छ ।

    यसअघि यो विवादमा संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि तत्कालका लागि पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिबाट खोसेर काठमाडौँ महानगरपालिकालाई दिन गरेको निर्णय कार्यान्वन नगर्ने निर्णय गरेको थियो ।महानगरपालिाकाका नगरप्रहरीहरूले पशुपति गौशाला धर्मशालालाई बलजफ्ती कब्जा गर्ने प्रयास गर्न खोजिएको देखिएको थियो । मारवाडी सेवा समितिका पदाधिकारीहरूले आफूहरूको न्यायिक हक कायम हुनुपर्ने माग गरी  महानगरको बलजफ्तीको प्रतिकार गर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij