Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कुनै पनि बेला पक्राउ पर्न सक्ने ,अदालतबाट प्रहरीलाई पक्राउ पुर्जी प्राप्त


नया सडक

२०८१, कात्तिक २ शुक्रबार

  • 252
    Shares

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कुनै पनि बेला पक्राउ पर्न सक्ने ,अदालतबाट प्रहरीलाई पक्राउ पुर्जी प्राप्त

    काठमाडौँ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कुनै बेला पनि पक्राउ गर्ने तयारी गरेको छ । यसका लागि प्रहरीले अदालतबाट अनुमति लिइ सकेको हो ।जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको  प्रहरी स्रोतले जनाएको छ ।

    प्रहरीले लामिछानेलाई पक्राउ गरी कास्की लैजाने तयारी पनि पूरा गरिसकेको छ ।यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान बोलाएको प्रतिपक्षमा रहेका दलहरूको बैठकमा पनि लामिछानेलाई पक्राउ गर्न सकिने बताएका थिए ।उनलाई सहकारी ठगी अभियोगमा पक्राउ गर्न लागिएको हो ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिले कानुन बमोजिम कारबाही गर्न सिफारिश गरेको थियो ।
     

    प्रतिक्रिया दिनुहोस