Logo

Apr 08 2025 | २०८१, चैत २६गते

Apr 08 2025 | २०८१, चैत २६गते

images

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि कास्की प्रहरीको हिरासतमा, भोलि अदालतमा उपस्थित गराइने

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि कास्की प्रहरीको हिरासतमा, भोलि अदालतमा उपस्थित गराइने

  • काठमाडौं। सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका सांसद, पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई  जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको छ।

    स्थलमार्ग हुँदै शनिबार बिहान पौने ३ बजे लामिछानेलाई कास्की प्रहरी कार्यालय ल्याइएको थियो।जिल्ला अदालत कास्कीले शनिबार पक्राउ पुर्जी जारी गरेपछि कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी पठाइदिन सिआइबीलाई पत्राचार गरेको थियो।

    शुक्रबार बेलुका नै पक्राउ परेका लामिछानेलाई उनकै आग्रहमा प्रहरीले स्थलमार्गबाट पोखरा लगेको हो।

    लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारी ठगीको आरोप छ। उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो।

    लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij