काठमाडौं । नेपाल धितोपत्र बोड सेबोनले बलेफी हाइड्रोपावर लिमिटेडलाई शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ ।
सेबोनले कम्पनीलाई कात्तिक ४ गते हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो ।
अनुमति पाएसँगै कम्पनीले १ करोड ८२ लाख७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८२ करोड भन्दा बढी रहेको छ ।