काठमाडौँ । प्रहरीले स्रोत नखुलेको बीस लाख बढी भारतीय रुपैयाँसहित कपिलवस्तुको कृष्णनगरबाट दुई भारतीय नागारिकलाई नियन्त्रणमा लिएको छ।प्रहरीले स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट २ जनालाई सोमबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाराष्ट्रका ३३ वर्षीय सलमान कुरेसिया र ३९ वर्षीय उमेश सखाराम खंडागले रहेका छन्।
अस्थायी प्रहरी पोस्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ४५ एएस ६६६३ नम्बरको गाडीमा सवार सलमानलाई ८ लाख भारु र यूपी ४२ डीटी ५७२१ नम्बरको गाडीमा सवार उमेशलाई १२ लाख ५० हजार भारुसहित पक्राउ गरेको हो ।प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेकोे जानकारी दिएको छ।