Logo

Jul 02 2025 | २०८२, असार १८गते

Jul 02 2025 | २०८२, असार १८गते

images

डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारीसँग झण्डै ५० लाख असुल्ने दुई प्रहरीसहित तीनजना विरुद्ध मुद्दा दायर

डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारीसँग झण्डै ५० लाख असुल्ने दुई प्रहरीसहित तीनजना विरुद्ध मुद्दा दायर

  • काठमाडौँ । डिजिटल मुद्रा (क्रिप्टो) कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडाँैंको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साइबर शाखाकै साजन शर्मा चपाई र खोटाङ घर भएका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध मुद्दा दायर गरिएको हो । मुद्दा चलाइएका तामाङलाई फरार कायम गरी मुद्दा चलाइएको छ ।

    काठमाडौं जिल्ला अदालतमा  दायर उनीहरुविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दाको सुनुवाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा शुरु भएको छ । थुनछेक बहसपछि साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने अपेक्षा छ ।

    तीन जना मिलेर क्रिप्टोको कारोबार गरेको आरोपमा आशिष आचार्य नाम गरेका युवकलाई पक्राउ गरेर दुई दिनसम्म राखेर छाडेको खुलेको थियो । उनीहरुले ती युवकबाट ४९ लाख १० हजार रुपैयाँ असुलेका थिए । रकम बुझेपछि आचार्यलाई मुद्दा नचलाई छाडिएको थियो ।प्रहरीका अनुसार तेज तामाङ नाम गरेका व्यक्तिले हवल्दार खड्कालाई क्रिप्टोकरेन्सी कारोबारीबारे गोप्य सूचना छ भनी घटना बताएका थिए ।

    सूचना दिने बताएपछि तामाङले जनाए अनुसार खड्काले काम गरेको देखिएको थियो । तामाङको सूचनापछि क्रिप्टो कारोबारमा संलग्न रहेको भनिएका आशिष आचार्य नाम गरेका युवकलाई १४ भदौमा पक्राउ गरेर परिसरमा ल्याइएको थियो ।ती युवक पक्राउ परेपछि तामाङले उनका आफन्तसँग सम्पर्क गर्दै घटनाबारे बताएका थिए । उनलाई छुटाउने भए प्रहरीलाई ५० लाख दिनुपर्ने बताएपछि उनको परिवार सहमत भएको थियो ।

    त्यसपछि आचार्यका दिदी अस्मिताले ४९ लाख १० हजार लाख रुपैयाँ बुझाएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।  १४ गते पक्राउ परेका आचार्यलाई रकम बुझेपछि १६ गते छाडिएको थियो ।प्रहरी हिरासतबाट छुटेर ती युवक क्यानडा उडिसकेपछि उनकी दिदीले घटनाबारे जानकारी गराउँदै परिसरमै निवेदन दिँदा घटनाको रहस्य बाहिरिन पुगेको थियो ।

    पक्राउ परेका आचार्य र क्रिप्टोको सूचना दिने तामाङ दुवै क्यानडामा सँगै बस्ने साथीहरु हुन्। क्यानडामा रहँदा आचार्यले क्रिप्टाको कारोबार गर्थे। उनीहरुसँगै काठमाडौं आएका थिए । आचार्यको क्रिप्टो कारोबार तामाङलाई राम्रो जानकारी थियो।

    नेपालमा क्रिप्टो अवैधानिक रहेको थाहा पाएपछि तामाङले नै दिएको सूचना पछि प्रहरीले पक्राउ गरेको थियो। उनी क्यानडामा बसेर क्रिप्टोमा लगानी गरेको पाइए पनि नेपालमा कुनै सम्बन्ध नभएपछि उनीमाथि कसुर आकर्षित नहुने भन्दै छाडिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij