Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

सेनाको सहयोगमा सिन्धुली रामेछाप जोड्ने बेलिब्रिज फेरि सञ्चालनमा, भौतिक पूर्वाधार मन्त्री दाहालद्वारा खटिएको नेपाल सेना सम्मानित

सेनाको सहयोगमा सिन्धुली रामेछाप जोड्ने बेलिब्रिज फेरि सञ्चालनमा, भौतिक पूर्वाधार मन्त्री दाहालद्वारा खटिएको नेपाल सेना सम्मानित

  • काठमाडौँ । नेपाली सेनाको सहयोगमा असोज ११ ,१२ र १३ गते परेकोे भारी वर्षाले ल्याएको बाढी–पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा आएको छ ।सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सो पुलबाट सवारीसाधन सञ्चालन आएको हो ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई सम्मान गरेका छन् । १२ असोजको बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरी सवारी आवागमन सुचारु गराउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै मन्त्रीले दाहालले सो टोलीलाई सम्मान गरेका हुन् ।

    मंगलबार बीपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताए ।

    सडक विभागका महानिर्देशक रामहरि पोखरेल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लिलजन खनाल सहितको टोलीले सडक अनुगमन गरेको हो ।बाढीले क्षतिग्रस्त बनाएको उक्त  पुलबाट पुननिर्माण पश्चात भारवहन क्षमता परीक्षण गरी सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij