Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

चालु आवको पहिलो तीन महिना अर्ब बढी नाफा कमाउने बैंकहरू कुन कुन ?


नया सडक

२०८१, कात्तिक ७ बुधबार

  • 429
    Shares

  • चालु आवको पहिलो तीन महिना अर्ब बढी नाफा कमाउने बैंकहरू कुन कुन ?


    काठमाडौँ ।चालु आर्थिक वर्षको (आव)पहिलो तीन महिनामा  वाणिज्य बैंकहरूको खुद नाफा १६ अर्ब २३ करोड रुपैया भएको छ । गत आव यो भनेको २१ प्रतिशत बढी हो । गत आवको सोही अवधिको तुलनामा यो २१ प्रतिशतको वृद्धि हो । गत आवमा वाणिज्य वैंकहरूको खुद नाफा १३ अर्ब ३४ करोड रुपैयाँ भएको थियो ।
    पहिलो तीन महिनाको अवधिमा एक अर्ब बढी खुद नाफा गर्ने ८ वाणिज्य बैकहरू रहेका छन् । पहिलो त्रैमासिकमा अपरिष्कृत वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ ।

    तीन महिनाको अवधिमा नबिल, ग्लोबल आइएमई, प्राइम कमर्सियल, एनएमबि, एभरेष्ट, कुमारी र प्रभु बैंकले एक अर्ब बढी खुद नाफा कमाएका छन् ।अर्ब नाफा कमाउने बैंकहरूको सूचीमा पहिलो नबिलले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ भने १ अर्ब ५१ करोड २१ लाख कमाएर दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ ।यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड ४० लाख,  प्राइम कमर्सियलले १ अर्ब २८ करोड ६७ लाख ,एनएबि बैंकले १ अर्ब १४ करोड ५६ लाख ,  कुमारीले १ अर्ब ७ करोड ८१ लाख र प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

    तीन महिनाको अवधिमा नबिलले करिब ४० प्रतिशतले नाफा बढाएको छ भने ग्लोबलले २३.३६ प्रतिशत, प्राइमले ११.७५ प्रतिशत, एनएमबिले १९ प्रतिशत, एभरेष्टले ४४ प्रतिशत, कुमारीले ३०८ प्रतिशत र प्रभुले ०.६२ प्रतिशत नाफा बढाएको देखिन्छ । तर सोही अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा भने करिब ४ प्रतिशतले घटेको देखिन्छ ।

    यो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख, नेपाल एसबिआईले ८१ करोड ४६ लाख, हिमालयनले ७२ करोड ६४ लाख, नेपाल बैंकले ६० करोड २१ लाख र लक्ष्मी सनराइज बैंकले ५३ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ ।यसैगरी  यो अवधिमा माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख, सानिमाले ३९ करोड ९५ लाख र सिद्धार्थ बैंकले ३८ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । यस बैंकले गत आवको सोही अवधिको तुलनामा ७९१ प्रतिशत नाफा बढाएको हो । गत आवको सोही अवधिमा यस बैंकको नाफा ४२ लाख रुपैयाँ मात्रै थियो ।

    यसैगरी  सिटिजन्स बैंकले २४ करोड ६ लाख, कृषि विकासले १९ करोड ९ लाख, राष्ट्रिय वाणिज्य बैंकले १५ करोड र एनआईसी एशिया बैंकले ११ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस