Logo

Oct 24 2024 | २०८१, कात्तिक ८गते

images

कामना सेवा विकास बैंकको खुद नाफा ४६.४० प्रतिशतले बढ्यो


नया सडक

२०८१, कात्तिक ७ बुधबार

  • 144
    Shares

  • कामना सेवा विकास बैंकको खुद नाफा ४६.४० प्रतिशतले बढ्यो

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४६.४० प्रतिशतले धेरै हो ।
    बैंकको इम्पेयरमेन्ट चार्ज ९ करोड ५२ लाखबाट घटेर ४ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार देखिएको हो । साथै यस बैंकको सञ्चालन आम्दानी पनि बढेको छ । यता, सञ्चालन नाफा ४२.५७ प्रतिशत बढेको हो । यसको वितरणयोग्य नाफा पनि ७१८ प्रतिशतले बढेर २० करोड ९८ लाख पुगेको छ । 

    चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ६९ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी १९.९४ रुपैयाँ पुगेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस