Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

बाढीले अवरुद्ध बनाएको तातोपानी भन्सार नाकाको बाटो सुचारु

बाढीले अवरुद्ध बनाएको तातोपानी भन्सार नाकाको बाटो सुचारु

  • काठमाडौँ । बाढीले अवरुद्ध बनाएको सिन्धुपाल्चोक तातोपानी भन्सार नाकाको बाटो सुचारु भएको छ ।अस्थायीरूपमा तयार पारिएको बाटो भएर केही साना तथा  ठुला मालवाहक गाडीहरू ल्याइएको  छ । पूर्णरूपमा भोलि बिहीबारबाट यातायात सेवा सञ्चालनमा आउने छ ।असोज ११ , १२ र १३ गते परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट तातोपानी भन्सार नाकाबाट प्रवेश गर्ने बाटो र पुल बगाएपछि बाटो अवरुद्ध भएको थियो ।बुधबार बेलुकासम्म क्षतिग्रस्त बाटोलाई अस्थायीरूपमा मर्मतसम्हार गरी गाडी आवातजावतका लागि तयार पारिसकिएको स्थानीयहरूले बताएका छन् ।तत्कालका लागि अस्थायीरूपमा बाटो निर्माण गरी यातायात खुलाउने काम भएपनि यसको स्थायी उपाय खोज्न सरकारसँग माग गरिएको छ ।चीनबाट मालवस्तु ल्याउन प्रयोग गरिने प्रमुख दुई नाका तातोपानी र रसुवा भन्सार नाका बाढी पहिरोका कारण बन्द रहँदै आएका थिए।

    sindhu c.png

    भन्सार नाका अवरुद्ध भएपछि चीनबाट मालवस्तु ल्याउने व्यापारीहरूलाई ठुलो नोक्सानी भएको व्यापारी अगुवाहरूले बताएका छन् । यसका साथै चीनबाट ल्याइएका कुहिएर जाने मालसामान कुहिएर खेर गएबाट पनि व्यापारीहरूलाई घाटा हुन पुगेको हो । फलफूललगायतका कुहिएर जाने मालवस्तुका अतिरिक्त अन्य मालवस्तु निर्धारित समयमा नआइपुग्दा ती वस्तुको लागत बढ्ने भएर पनि व्यापारीहरूलाई नोक्सानी भएको व्यापारी अगुवाहरूले बताएका छन् ।

    sindhu 2.jpeg

    नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले व्यापारीहरूलाई नोक्सानी भएको बताएका छन् ।  तर नोक्सानको यकिन  भइ नसकेको बताउँदै उनले अस्थायीरूपमा बाटो खुलेबाट व्यापारहरूलाई केही राहत मिलेको महशुस हुने बताए ।यसैगरी नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बिहीबारबाट बाटो खुल्ने बताए ।महासचिव पराजुलीले अध्यक्षको नेतृत्वमा केही साथीहरूले बाटोको अवस्था हेर्न गएको र बाटो भोलि देखि खुल्ने प्राविधिज्ञहरूले जनाएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij