काठमाडौं।प्रि ओपन सेसनमा नेप्से सूचक ०.९० विन्दुले बढेको छ । यससँगै सूचक २६४६.२९ अंकमा आएको छ । ५७ लाख २२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको ८ हजार ३ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।
२४ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ ।