Logo

Oct 25 2024 | २०८१, कात्तिक ९गते

images

‘शैलजा आचार्य हृदय रोग केन्द्र चाँडै सञ्चालन गरिने’


नया सडक

२०८१, कात्तिक ९ शुक्रबार

  • 243
    Shares

  • ‘शैलजा आचार्य हृदय रोग केन्द्र चाँडै सञ्चालन गरिने’

    विराटनगर।  कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र चाँडै सञ्चालन गरिने बताउनुभएको छ । उपचार केन्द्र सञ्चालनका लागि गङ्गालाल हृदय रोग अस्पतालबीच सम्झौता गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । बिहीबार स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाउनुभएका मन्त्री राईले उक्त मन्त्रालयको पदभार ग्रहण गर्दै भन्नुभयो, “सङ्घीय स्वास्थ्यमन्त्री प्रदिप पौडेलसँग पनि यस विषयमा कुरा भइसकेको छ । चाँडै गङ्गालाल अस्पतालसँग सम्झौता गर्ने निर्णय भएको छ ।”

    यस्तै कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगविहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने समेत निर्णय गरेको छ । “सडक भएकै स्थान वरपर रहेका झोलुङ्गे पुल स्थानीय तहको समन्वय र मागको आधारमा स्थानान्तरण गर्ने निर्णय भएको छ”, मन्त्री राईले भन्नुभयो । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका योजनाका विषयमा योजनास्थलमै सरोकारवालासँग छलफल गर्ने निर्णय भएको छ । “क्रोनिक योजना निर्माणमा भइरहेको ढिलाइबारे योजनास्थलमै सवै पक्षसँग छलफल गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।(रासस)

    प्रतिक्रिया दिनुहोस