Logo

Oct 25 2024 | २०८१, कात्तिक ९गते

images

अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी


नया सडक

२०८१, कात्तिक ९ शुक्रबार

  • 42
    Shares

  • अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी

    खाँदबारी (सङ्खुवासभा)।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताउनुभएको छ । जिल्ला मालपोत कार्यालय खाँदबारीको आज भवन उदघाटन गर्दै मन्त्री अधिकारीले भूमिहीन र सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । यही महिना भित्रै भूमि आयोग गठन गर्ने उहाँको भनाइ थियो ।

    “मङ्सिर महिना भित्र सबै जिल्लामा भूमी आयोग गठन गरिसक्छौँ”, उहाँले भन्नुभयो । प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सबै भूमिहिनलाई जग्गा उपलव्ध गराउने उहाँले उल्लेख गर्नुभयो । गरिबी निवारणलाई सरकारको उच्च प्राथमिकतामा राखेको मन्त्री अधिकारीको भनाइ थियो । लामो समयसम्म जमिन भोग गर्दै आए पनि लालपूर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको उहाँले बताउनुभयो । जिल्ला मालपोत कार्यालयको भवन रु दुई करोड २० लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।(रासस)

    प्रतिक्रिया दिनुहोस