काठमाडौँ । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको हो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ १ हजार सय रुपैयाँले बढेको छ।
यसअघि सुनको भाउले गत बुधबार रेकर्ड कायम गरेको थियो । त्यसदिन सुनको भाउ तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको थियो। बिहीबार र शुक्रबार भने सुनको भाउ १ लाख ६६ हजार रहेको थियो ।
त्यस्तै आइतबार चाँदीको मूल्य १ हजार ७ सय ८७ रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य तोलामा १२ रुपैयाँले बढेको हो ।