Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा


नया सडक

२०८१, कात्तिक ११ आइतबार

  • 153
    Shares

  • दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा

    हेटौँडा । वाग्मती प्रदेश सरकारले कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।

    वाग्मती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले आइतबार दर्शन सहकारीलाई प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

    मन्त्री बिमल ठकुरीले बचतकर्ताको रकम सुरक्षित गर्न सहकारीलाई समस्याग्रस्त घोषणा गरेर अगाडि बढ्ने निर्णय गरेको जानकारी दिए ।

    काठमाडौंस्थित प्रदेश सरकार मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दर्शन सहकारीमा शीलबन्दी गर्न निर्देशन दिइसकिएको मन्त्री ठकुरीले जानकारी दिए ।

    वाग्मती प्रदेशको सहकारी महाशाखाकाअनुसार दर्शन सहकारीले २०० जना भन्दा बढी बचतकर्ताको रकम अपचलनको आशंका गरेको छ ।

    प्रतिक्रिया दिनुहोस