Logo

Oct 28 2024 | २०८१, कात्तिक १२गते

images

आजदेखि समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिन सकिने


नया सडक

२०८१, कात्तिक १२ सोमबार

  • 123
    Shares

  • आजदेखि समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिन सकिने

    काठमाडौं  । समता घरेलु लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) आज सोमबार कात्तिक १२ गतेदेखि बिक्री खुला भएको छ । यस लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्कासन गरेको हो । 

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।


    यसमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस