Logo

Oct 28 2024 | २०८१, कात्तिक १२गते

images

चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने जापानका प्रधानमन्त्रीको भनाइ


नया सडक

२०८१, कात्तिक १२ सोमबार

  • 69
    Shares

  • चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने जापानका प्रधानमन्त्रीको भनाइ

    टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याएपनि सरकारको नेतृत्वमा रहिरहने प्रतिबद्धता जनाउनुभएको छ ।

    इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टुबर २७ का लागि निर्वाचनको घोषणा गर्नुभएको थियो । 

    सन् १९५५ देखि जापानमा शासन गरिरहेको उहाँको लिबरल डेमोक्र्याटिक पार्टी ९एलडीपी० का चुनाबमा निकै कमजोर नतिजा देखिएको छ । 

    एलडिपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाउनुभएको हो । 

    “म जापान र जापानी जनताको रक्षा गर्दै आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु,” इशिबाले पत्रकारसँग भन्नुभयो । 

    उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो चुनावी कारक पार्टीका जिम्मेवार नेताको नै आर्थिक अनियमिततासँग जोडिएका मुद्दामा सम्लग्नता देखिनु र यसबाट जनतामा एलडिपीप्रति ‘शङ्का, अविश्वास र क्रोध’ सिर्जना हुनु नै रहेको बताइएको छ । 

    “म पैसा र राजनीतिको विषयमा आधारभूत सुधार गर्नेछु,” इशिबाले पत्रकारहरूसँग भन्नुभयोे, “मतदाताहरूले पार्टीमाथि ‘कठोर निर्णय’ दिएका छन्।

    प्रतिक्रिया दिनुहोस