Logo

Oct 28 2024 | २०८१, कात्तिक १२गते

images

रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपाको माग


नया सडक

२०८१, कात्तिक १२ सोमबार

  • 102
    Shares

  • रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपाको माग

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न माग गरेको छ ।

    सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो आग्रह गरेकी हुन् ।

    ‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु, थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोच्नुहुन अनुरोध गर्न चाहन्छु’, उनले भनिन् ।

    रवि लामिछाने चुनावमा १२ लाख जनताले पत्याएको र संसदको चौथो पार्टीको सभापति भएको बताइन् । यसकारण लामिछानेप्रति विश्वास हुनेहरूले उनको पक्राउको विरोधमा प्रदर्शन गर्नु स्वभाविक हुने कार्कीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस