Logo

Oct 28 2024 | २०८१, कात्तिक १२गते

images

सिटिजन्स बैंकको साधारण सभा सम्पन्न,लाभांश वितरण गर्ने प्रस्ताव पारित


नया सडक

२०८१, कात्तिक १२ सोमबार

  • 117
    Shares

  • सिटिजन्स बैंकको साधारण सभा सम्पन्न,लाभांश वितरण गर्ने प्रस्ताव पारित

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभाले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा आज अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको सभाले उक्त लाभांश दिने निर्णय गरेको हो ।

    उक्त साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रूपैयाँको ४ प्रतिशतले हुने ५६,८०,३८,९६० रूपैयाँ २३ पैसा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    त्यसैगरी, सभाले कर प्रयोजनको लागि नगद लाभांश ०।२१ प्रतिशतले हुने २ करोड ९८ लाख ९६ हजार ७८७ रूपैयाँ ३८ पैसा सहित जम्मा ५९ करोड ७९ लाख ३५ हजार ७४७ रूपैयाँ ६१ पैसा लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

    सो अवसरमा आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको एनफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०८०/८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस